विराटनगर चैत्र १५, पाणिनि संस्कृत विद्यालय विराटनगरलाई वैजनाथ यमुनादेवी प्रतिष्ठानले आज एक समारोहबीच सम्मान प्रदान गरेको छ

पाणिनि विद्यालयमा सम्पन्न सभा‌का प्रमुख अतिथि तथा महाकाव्यकार सोमराज अमयले गुरूकुलीन शिक्षण पद्धति संस्कारबाट पढ्ने विद्यार्थी अनुशासित एवं सुव्यवस्थित ज्ञान प्राप्त गर्ने सामर्थ्य राख्ने हुन्छन् भन्नु भयाे ।

विद्यालयका अध्यक्ष प्रा.कविराज न्यौपानले संस्कृत वाङ्‌मयको रक्षा गरेर नै हाम्रो भाषा संस्कृति र सभ्यताको रक्षा हुने हुनाले संस्कृत पठन पाठनको लागि विशेष ध्यान दिन आवश्यक छ भन्नुहुँदै विद्यालयलाई सम्मान तथा पुरस्कार प्रदान गरेकोमा सो प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

सो सभामा दक्षिराज सुवेदीले यस विद्यालय पूर्विय खण्डका विद्वान पं खगेश्वर न्याैपानेले समाजकाे धार्मिक सुधार र सुसंस्कृत समाज निर्माणकाे परिकल्पनावाट संस्थापक अध्यक्ष पं खगेश्वर न्याैपानेले भई संचालन गरिएकाे वताए ।

उक्त सभामा प्राज्ञ विवश पोखरेल, प्रा. देवी पंथी, गोविन्द चापागाईं, पदम काफ्ले समेतले गुरु बैजनाथ भट्टराईको व्यक्तित्व तथा संस्कृत शिक्षाकाे महत्व बारे प्रकाश पार्नु भएको थियो ।

पूर्व खण्डका संस्कृत वाङ्‌मयका प्रकाण्ड विद्वान,गुरु बैजनाथ भट्टराई तथा उहीकि सहधर्मिणी यमुनादेवीको स्मृतिमा उहाँले गरेका सामाजिक सुकर्मकाे संस्मरण गर्ने उद्देश्यले उहाकी सुपुत्री लेखिका कविता चापागाईकाे नेतृत्वमा प्रतिष्ठान संचालित छ । यस प्रतिष्ठानले लामाे समयदेखि स्रष्टा संमान विभिन्न शैक्षिक संस्थालाई सम्मान गर्दै आएको छ ।

सभामा प्रतिष्ठान‌का अध्यक्ष कविता चापागाईंकाे अध्यक्षतामा भएकाे कार्यक्रम‌मा सञ्चालन पाणिनि विद्यालय शिक्षक जीवन पौडेल उद्धाेषण गरिएको थियो