जलवायु परिवर्तनका कारण हिमालमा परेको नकारात्मक असरप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन दुईदिने ‘अन्तर्राष्ट्रिय संवाद’ आजदेखि काठमाडौंमा हुँदैछ ।    

‘पहाड, मानव र जलवायु परिवर्तन’ सम्बन्धी अन्तर्राष्ट्रिय संवादमा भोलिदेखि २५ देशका विज्ञ सहभागी हुँदैछन् ।    

वार्तामा हिमाली तथा साना टापुका मुलुकका प्रतिनिधि, अन्तर्राष्ट्रिय समुदाय, विकास साझेदार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र र नागरिक समाजका प्रतिनिधिसहित दुई सयभन्दा बढीको सहभागिता रहने वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

जलवायु परिवर्तनसम्बन्धी यस विज्ञ संवादको उद्देश्य हिमाली इकोसिस्टममा आधारित कार्यलाई बलियो बनाउनु रहेको छ । मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले जलवायु परिवर्तन वार्ताको क्षमता अभिवृद्धि गर्ने र जलवायु अनुकूलन र न्यूनीकरणका लागि आवश्यक स्रोत जुटाउन अन्तर्राष्ट्रिय समुदायलाई दबाब दिन वार्ताको उद्देश्य रहेको राससलाई जानकारी दिनुभयो ।    

जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघको महासन्धि अन्तर्गतका कार्यक्रमहरूका लागि हिमाली देशहरू र सरोकारवालाहरूले सहकार्य गर्ने वातावरण सिर्जना गर्ने पनि शिखर सम्मेलनको लक्ष्य छ।    संवादको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम छ । उद्घाटनपछि तीनवटा प्रमुख विषयगत क्षेत्रमा केन्द्रित गरी विभिन्न विषयका १० सत्र सञ्चालन गरिने सहसचिव ढकालले जानकारी दिए ।    

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सहायक नियोगको वैज्ञानिक तथा प्राविधिक सल्लाहको ६०औँ सत्रमा आयोजना हुने हिमाल तथा जलवायु परिवर्तनसम्बन्धी विज्ञहरूको संवादमा पहाड समस्या समाधानका लागि ठोस मार्गचित्र र रणनीति तयार पार्नु यस कार्यक्रमको उद्देश्य रहेको छ । 

नेपालले जुनमा जर्मनीको बोनमा हुने साब्टाको ६०औँ सत्रमा आफ्नो निष्कर्षलाई जोड्ने र त्यसपछि आगामी COP-२९ एजेन्डामा प्रवेश गरी एजेन्डालाई संस्थागत गर्ने