पृथ्वी  नारायण शाहको ३०३औं जन्मजयन्ती आज (२०८१ पुस २७ गते) देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरेर मनाइँदैछ। उहाँको जन्म वि.सं. १७७९ पुस २७ गते गोरखा दरबारमा भएको थियो।

उहाँले वि.सं. १८०० चैत २५ गते गोरखा राज्यको गद्दी आरोहण गरी नेपाल एकीकरणको अभियान थाल्नु भयो। उहाँको नेतृत्वमा नेपाल पूर्वमा टिस्टा नदीदेखि पश्चिममा चेपे नदीसम्म विस्तार भएको थियो। नुवाकोट वि.सं. १८०१ मा विजय गरेपछि वि.सं. १८२५ मा काठमाडौं उपत्यका जित्नुभयो। उहाँको निधन वि.सं. १८३१ पुस १ गते भयो।

आज सिंहदरबारको पश्चिम ढोकामा रहेको उहाँको सालिकमा विशेष कार्यक्रम आयोजना गरी श्रद्धाञ्जली अर्पण गरिँदैछ।