इतिहासकार पं. खगेश्वर न्यौपानेकाे “अनुभव र दृष्टि” पुस्तक विमाेचन १ फाल्गुन २०७९, सोमबार ०७:२९ ३४१३ पं. खगेश्वर न्यौपानेकाे `अनुभव र दृष्टि’ नामको ग्रन्थ २०७९ साल माघ शुक्ल पञ्चमी २७ गतेका दिन विराटनगरवाट विमाेचन गरिएको छ । उक्त कृतिको सार्वजनिकी करण नेपाल सरकारका संचार स्वास्थ्य पूर्व सचिव घननाथ ओझाले पं. खगेश्वरका प्रपाैत्र निरूपण न्यौपानेको व्रतबन्ध यज्ञमंण्डपवाट गर्नु भएको थियो । न्यौपाने वंशकाे इतिवृतको वयान गर्दै त्यस बेलाको न्याय व्यवस्थाको सटीक उदाहरण प्रमाणहरू यस ग्रन्थमा छन् । झण्डालिएर रानी पोखरीमा पस्नु पर्ने झण्डा जसको पहिले गिर्छ उसले मुद्धा हार्ने र अपील गर्दा सुना ग्रागी र रुपा जाग्रीमा सुनको र चाँदीको डल्लो रानी पोखरीमा डुवाइ दिदा अपील गर्नेले पहिले गाग्रीको डल्लोमध्ये एक निकाल्दा सुनको निक्लियो मुद्दा जितिने चादीको परे हारिने व्यवस्था नेपालमा १८८०/८२ सम्मको स्थितिको विवरण पढ्न पाइन्छ भन्ने बताउनु भयो । त्यसै गरी समारोहका प्रमुख अभ्यागत ओझाले यस कृतिमा त्यस बाखतको सामाजिक राजनैतिक शैक्षिक आर्थिक पद्धतिको झल्काे देख्न सकिन्छ । इतिहास प्रति रुचि राख्ने अनुसन्धाताका निम्ति पनि कृति उपयोगी सामग्री दिने सक्ने कुरा उहाले बताउनु भयो । अध्यात्मिक जीवनका मानवीय कर्मशील समानताको पक्षको राम्रो विश्लेषण पनि कृतिमा भएको छ । सोही समारोहमा पं खगेश्वर न्यौपालेका व्यक्तित्वका विशेषता बयान गर्दै जेष्ठ नागरिक पुरुषोतम न्यौपानेले उहाँको सङ्गातमा पर्ने सबै मानिसलाई सामाजिक मानवतावादी असल मार्गका बनाउन सफल हुनु भएको भनी जानकारी दिदै भन्नुभयो ‘कमल कोटी’ ले सवैलाई आफूले जम्मा गरेका सवैलाई कमलकाेटी वनाएझैं उच्च मनाेवलका हार्दिकता पूर्ण मानिस वनाउन सफल हुनु भएको कुरा बताउदै यस कृतिले उहाँका असल विचार दृष्टिको संरक्षण गर्दै समाज सुधारमा विशेष योगदान दिन्छ भन्ने लाग्छ भन्नु भयो । पं खगेश्वर जीवन दृढ विशिष्ट माथि गोविन्दराज न्यौपाने तथा महेन्द्र माेरङ क्यामासका प्रमुख डा. बाबुराम तिमल्सेनाले पनि विशेष प्रकाश पार्नु भएको थियो । यस कृति पं खगेश्वर न्यौपानको जीवनीमा आधारित अनुभव नेपालका विशिष्ट व्यक्तित्वका विश्लेषणवाट गरियो । साे पुस्तकवाट आउने सम्पूर्ण रकम विराटनगर स्थित पाणिनी संस्कृत विद्यालयलाई हस्तान्तरण गरिने जानकारी पुस्तक प्रकाशक तनुजा न्याैपाने वताउनु भयो । हेर्नुहोस् लिखित परीक्षाको नतिजा