दुई पाइलटबीच झडप भएपछि फ्लाई दुबईको विमान साउदीतर्फ डाइभर्ट
२०८३ आश्विन १४, बुधबार १४:०२
काठमाडौं । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा दुई पाइलटबीच हिंसात्मक घटना भएपछि विमानलाई साउदी अरेबियातर्फ डाइभर्ट गरिएको छ।
सीएनएनका अनुसार ३४ हजार फिटको उचाइमा उडिरहेको विमान घटना भएको केही समयमै करिब १६ हजार ६ सय फिटमा झरेको थियो। स्थानीय समयअनुसार राति करिब १ः२० बजे घटना भएको र त्यसको करिब १२ मिनेटपछि विमानबाट आपत्कालीन संकेत पठाइएको थियो।
घटनापछि विमानको मार्ग परिवर्तन गरी साउदी अरेबियातर्फ लगिएको हो। इजरायली अधिकारीहरूले भने यसलाई विमान अपहरणको घटना नभएको र विमानभित्रकै कर्मचारीबीच भएको विवादका रूपमा बताएका छन्।
आपत्कालीन संकेत प्राप्त भएपछि इजरायलका प्रधानमन्त्री र रक्षामन्त्रीबीच सुरक्षा परामर्श भएको थियो। इजरायली रक्षा बलका अनुसार घटनापछि निगरानीका लागि लडाकु विमानसमेत परिचालन गरिएको थियो।
फ्लाई दुबईको विमान साउदी अरेबियामा सुरक्षित अवतरण गर्ने अपेक्षा गरिएको छ। घटनाबारे फ्लाई दुबईको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन।




