पुर्व लडाकुलाई पैसा बाँढ्ने कार्यकाे विराेध : डा शेखर काेईराला
नेपालकाे अर्थतन्त्रमा परेको असरलाई सुधारका कदमहरू वढिरहदा पनि अहिले सरकारले वितरण मुखी कामहरू राेक्नु पर्नेमा चिन्तित हुदै नेपाली काग्रेसका वरिष्ठ नेता तथा केन्द्रीय सदस्य डा शेखर काेइरालाले स्टाटस लेखेका छन्
जसमा उनलेे यस प्रकार लेखेका छन् ।” बिगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाव किताव वुझाउन नसक्नु, द्वन्दकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्व्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलव र पूर्व शिक्षकहरुको पेन्सन दिन समेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँढ्ने कार्य स्वीकार्य हुनै सक्दैन । माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गरौं, रोकौं र भविष्यका लागि सचेत बनौं । उनीहरुलाई पैसा होईन रोजगारी दिउँ