नायिका प्रियंका कार्कीकी सासु रविना देशराज श्रेष्ठ विवाह बन्धनमा बाँधिने
चालीस काटिसी रमाइला भन्दा पनि साठी काटेसी रमाइला भन्नू पर्ला भनेझै भएको छ नायक आयुष्मान देशराज जोशीकी आमा तथा नायिका प्रियंका कार्कीकी सासु रविना देशराज श्रेष्ठ विवाह बन्धनमा बाँधिने खवरले गर्दा ,
उनले प्रेमी बेलायती नागरिकस्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग लगनगाँठो कस्न आटेकी हुन्
रविनाको मेहेन्दी समारोह भने सम्पन्न भइसकेको छ फाटो सामाजिक संझालमा छाएको छ । मेहेन्दी समारोहमा प्रेमीसँग रमाइलो गर्दै गरेको एक भिडियाे बाहिरिएपछि उनले विवाह गर्न लागेको पुष्टि भएको हो।
मेहेन्दी समाराेहमै रविनाले प्रेमीलाई जाेसिलाे चुम्बन गरेकी छन् । २०७९ सालको फागुन महिनामा प्रणय दिवसको अवसर पारेर रवीनाले प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग इन्गेजमेन्ट गरेकी थिइन् । आफ्नो इन्स्टाग्राममार्फत स्टाट्स लेख्दै रविनाले ईन्गेजमेन्टबारे जानकारी दिएकी थिइन् ।
साे इन्गेजमेन्टमा उपस्थित छोरा आयुषमान र बुहारी प्रियंकाले उनलाई बधाई समेत दिएका थिए