बालेनले हिन्दी फिल्ममा प्रतिवन्ध पछि सल्लाहकार रेशु अर्यालले राजिनामा
हिन्दी फिल्म आदिपुरूषमा जानकी वा सीता नेपालकि छाेरी हुन भारतीय हाेईन भनेर खुलेर विराेध गरेका मेयर बालेन साहलाई उनकै शिक्षा सल्लाहकार रेशु अर्यालले पदबाट राजीनामा दिईन् ।
मेयर बालेनले काठमाडौंमा हिन्दी फिल्ममाथि प्रतिबन्ध लगाएपछि रेशु श्रीमान् भाष्कर ढुंगाना अदालत जाने तयारीमा गरेपछि रेशुले कन्फ्लिक्ट अफ इन्ट्रेस्टका कारण पदबाट राजीनमा दिएको बताएकी हुन् ।
श्रीमान् बालेनविरुद्ध अदालतमा जाने र आफू मेयरको सल्लाहकार हुने अप्ठ्यारो परिस्थिति देखिएपछि रेशुले पदबाट राजीनामा दिएकी हुन् ।
रेशुका श्रीमान् भाष्कर क्यूएफएक्सका सञ्चालक रहेका छन् ।
हिन्दी फिल्ममाथि प्रतिबन्धको विषयलाई लिएर क्यूएफएक्स अदालत जाने बताइएको छ ।
शिक्षा सल्लाहकार रहेकी रेशुले हिन्दी फिल्ममाथि प्रतिबन्ध लगाउने बालेनको निर्णयको विरोध पनि गरेकी छन् । राजीनामा दिँदै गर्दा उनले बालेनको कार्यशैलीको पनि आलोचना गरेकी छन् ।
नेपाली जनताले आदिपुरूष फिल्मलाई प्रतिवन्ध लगाएकोमा खुसी रहेका छन् ।