माेरङ , बुढीगंगा २ मा रहेको जेभियर्स ईङ्गलिस स्कुलमा हर्ड नेपाल(स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास नेपाल) ले आफ्नो नियमित कार्यक्रम अन्तर्गत बुढीगंगा गाउँपालिका गरिव विपन्न २३ जना बालबालिकाहरुलाई दिर्घकालिन छात्रवृत्ति प्रदान गरिएको छ ।

साे छात्रवृत्ति वितरण सभामा बुढीगंगा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले गरिवीका कारणले शिक्षाकाे उज्यालो ज्याेतीवाट विमुख हुन नपराेस् भनी गाउँ टाेलवाट हर्ड नेपालका प्रतिनिधीसंगै मपनि घुमेर छानेर वालवालिका ल्याएको हाैं जेहन्दार ,पढ्ने रहर वाेकेका वालवालिका छन् , याे छात्रवृत्तिले युकेजीदेखि १२ सम्म निशुल्क शिक्षा दिने छ र हर्ड नेपाललाई धन्यवाद दिएका छन् ।

हर्ड नेपाल संस्थापक अध्यक्ष श्री राकेश कुमार यादवले बालबालिकाहरुलाई वर्षभरिको लागि आवश्यक शैक्षिक सामग्री, ड्रेस, जुत्ता, झोला र एकमुष्ठ पठनमाठन खर्च संस्थाले उपलब्ध गराउँदै आएको छ साथै जिल्ला भरि नै गरिएको विद्यालय छनाैटमा मापदण्डअनुसार जेभियर्स ईङ्गलिस स्कुल परेको हुदाँ साेही स्कुलमा पढ्ने व्यवस्था गरिएको वताए ।

साे कार्यक्रमका सभापति तथा स्कुलका प्रधानध्यापक परेश पाेखरेलले शिक्षा पाउने अवसर पाएका वालवालिकाकाे सुन्दर भविष्य निर्माणकाे जिम्मेवारी यस स्कुलले पाउँदा अत्यन्तै खुसी लागेको साथै स्कुल गुणस्तरीय शिक्षा दिन कहिले पछि नपर्ने वताए ।

छात्रवृत्ति वितरण सभामा समाजसेवी वावुराजा ओझा,वडा सदस्य लाेकनाथ चाैधरी ,सप्तकोसी डे वैक शाखा प्रवन्धक दर्शनराज न्याैपाने , स्थानीय नेता राजेश शर्मा घिमिरे, शिक्षक तुलसी खतिवडा समेतको उपस्थिति रहेको साेही स्कुलका शिक्षक जनक ढकालले जानकारी दिए ।