काठमाडौं, मंसिर २३ मंगलबार ,अमेरिकी राजदूत डीन थम्पसन आज अमेरिकी कम्पनी Veel App को काठमाडौंस्थित कार्यालय तथा नयाँ उत्पादनहरूको उद्घाटन कार्यक्रममा सहभागी भए।

नेपाली–अमेरिकी उद्यमी दिलीप ढकालद्वारा स्थापित Veel ले विश्वभरका कन्टेन्ट क्रिएटरहरूलाई प्रमुख अन्तर्राष्ट्रिय ब्रान्डहरूसँग जोड्ने तथा सहकार्यलाई प्रभावकारी बनाउन सहयोग गर्ने उपकरणहरू प्रदान गर्छ। कम्पनीले हाल अमेरिका र नेपालमा रोजगार सिर्जना गरिसकेको छ र निकट भविष्यमा रोजगारीको अवसर विस्तार गर्ने योजना अघि सारेको छ

उद्घाटन समारोहमा राजदूत थम्पसनले अमेरिका–नेपालबीचको सुदृढ टेक साझेदारीको प्रशंसा गर्दै नेपालमा अमेरिकी प्रविधि कम्पनीहरूले पाउन सक्ने अवसरबारे जोड दिए। ‘‘नेपालजस्ता उदीयमान बजारमा निजी क्षेत्रले सञ्चालन गरेको प्रविधि विकासले अमेरिकी क्रिएटरहरूलाई उत्पादनशील तथा लाभदायी बन्न मद्दत गर्नेछ, साथै नेपालमा आर्थिक वृद्धि र सीप विकासमा योगदान पुर्‍याउनेछ,’’ राजदूतले भने।

सीप अभिवृद्धि तथा ऊर्जा स्रोत सुदृढीकरणमा अमेरिकाको निरन्तर सहकार्यसँगै दुवै देशका उद्यमी तथा प्रविधि क्षेत्रका लागि नयाँ अवसरहरू खुल्दै गएको राजदूत थम्पसनले बताए।