काठमाडौं, विराटपाटी कार्तिक ७ शनिबार , नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सबाट खेल्न पाकिस्तानका टी–२० कप्तान साहबजादा फरहान नेपाल आइपुगेका छन्।

३० वर्षीय दायाँहाते शीर्षक्रमका ब्याटर फरहान शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। कर्णाली याक्सले शुक्रबार मात्रै उनलाई टोलीमा अनुबन्ध गरेको घोषणा गरेको थियो।

अनुबन्धको घोषणा भएको २४ घण्टा नबित्दै नेपाल आइपुगेका फरहानको आगमनले कर्णाली याक्सको टोलीमा थप उत्साह थपेको छ। उनको ब्याटिङ प्रदर्शन एनपीएलमा कस्तो रहनेछ भन्ने चासो क्रिकेटप्रेमीमा बढ्ने देखिन्छ।