भारत–नेपाल विकास साझेदारी अन्तर्गत डिडिङ आधारभूत विद्यालय भवन उद्घाटन
२०८२ पुष ३, बिहीबार २०:१४
संखुवासभा पुस ३ बिहीबार , चिचिला गाउँपालिका–स्थित डिडिङ आधारभूत विद्यालयको नवनिर्मित भवन आज संयुक्त रूपमा उद्घाटन गरिएको छ।
भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको यस भवनको उद्घाटन नेपालका लागि भारतीय दूतावासका प्रथम सचिव बासिस्ट नन्दन र चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले गर्नुभएको हो।
उक्त विद्यालय भवन उच्च प्रभावकारी सामुदायिक विकास परियोजनाअन्तर्गत निर्माण गरिएको हो। परियोजनाले स्थानीय स्तरमा शैक्षिक पूर्वाधार सुदृढ गर्दै समुदायको समग्र विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा भारत–नेपालबीचको दीर्घकालीन मित्रता र विकास सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।





