काठमाडौं, ६ पुस शनिबार — नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल–चीन सम्बन्ध अद्वितीय र विश्वासमा आधारित रहेको उल्लेख गर्दै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सहयोग जारी रहने बताएका छन्।

तीन वर्षे कार्यकाल पूरा गरी आगामी बुधबार स्वदेश फर्कन लागेका राजदूत छनले चिनियाँ दूतावासमा आयोजित बिदाइ समारोहमा नेपाल र नेपाली सधैँ आफ्नो मन–मस्तिष्कमा रहने बताए। नेपाल सरकार, कर्मचारीतन्त्र, कूटनीतिक वृत्त, सञ्चारकर्मी तथा नेपाली समाजका सबै क्षेत्रबाट प्राप्त सहयोगप्रति उनले आभार व्यक्त गरे।

समारोहमा मन्त्री, सांसद, कूटनीतिक नियोगका प्रमुख, पूर्वमन्त्री, उद्योगी, वरिष्ठ सञ्चारकर्मी र कलाकारसहित विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।