अमेरिका पुस १७ , न्यूयोर्क सिटीका नवनिर्वाचित मेयर जोहरान मामदानी जनवरी १ मा सिटी हलमुनि बन्द सबवे स्टेशनमा शपथ लिनेछन्। उनी कुरानमा हात राखेर शपथ लिने पहिलो मेयर हुनेछन् र मुस्लिम, दक्षिण एसियाली तथा अफ्रिकामा जन्मिएका पहिलो मेयरको रूपमा पनि इतिहासमा दर्ज हुनेछन्।


शपथग्रहणमा उनका हजुरबुबा–हजुरआमाका निजी कुरान र करिब २०० वर्ष पुरानो ऐतिहासिक कुरान प्रयोग गरिनेछ। मामदानीले चुनावी अभियानमा महँगी, आवास र जीवनयापन खर्चलाई प्राथमिकता दिएका थिए।


शपथग्रहणपछि ऐतिहासिक कुरान लाइब्रेरीमा सर्वसाधारणका लागि प्रदर्शन गरिनेछ।