सीताको आदर्शबाट समाज रूपान्तरणको सन्देश, जानकी नवमी महोत्सव भव्य रूपमा मनाइँदै
२०८३ बैशाख १२, शनिबार ०८:५२
जनकपुर ,नेपालका उपराष्टपति रामसहायप्रसाद यादवले श्री जानकी नवमी महोत्सव (सीता जयन्ती) को अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै माता सीताको जीवन नारी स्वतन्त्रता, आत्मनिर्भरता र नैतिकताको उत्कृष्ट उदाहरण रहेको बताएका छन्।
उनले सामाजिक कुरीति, विभेद र हिंसाविरुद्ध जागरण फैलाउन यस पर्वलाई प्रभावकारी माध्यमका रूपमा लिनुपर्नेमा जोड दिएका छन्।
विशेषगरी जनकपुरधाममा जानकी नवमी महोत्सव भव्य रूपमा मनाइँदैछ। हजारौं श्रद्धालुहरूको सहभागितामा पूजा–आराधना, झाँकी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना भइरहेका छन्।
उपराष्ट्रपतिका अनुसार माता सीताको जीवन:
त्याग, धैर्य र समर्पणको प्रतीक,नारी स्वाभिमान र आत्मनिर्णयको उदाहरण,सामाजिक न्याय र पारिवारिक सद्भावको आधार रहेको उल्लेख गरेका छन्।
‘पृथ्वीकी छोरी’का रूपमा चिनिने सीताले वातावरण संरक्षण, मातृशक्तिको सम्मान र सामाजिक न्यायको सन्देश दिने उल्लेख गर्दै उनले सीताको आदर्श आत्मसात गर्न आह्वान गरेका छन्।
जानकी नवमी महोत्सवले नारीमाथि हुने शोषण, हिंसा र विभेद अन्त्य गर्दै सभ्य, शान्त र समुन्नत समाज निर्माणतर्फ अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ।




