रास्वपा सचिवालय बैठक आज, स्थानीय तह चुनावको रणनीति तय गर्ने
२०८३ बैशाख २०, आईतवार १३:३५
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ साे बैठक केन्द्रीय कार्यालय बनस्थलीमा वसिसरहेकाे छ ।
पार्टीका प्रवक्ता मनिष झाले का अनुसार बैठकमा आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा मुख्य एजेन्डाका रूपमा प्रस्तुत गरिनेछ। यससँगै महाधिवेशन कार्यविधि, संसदीय दलको विधान संशोधन तथा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जनाइएको छ।
बैठकमा सबै सचिवालय सदस्यलाई अनिवार्य उपस्थित हुन सभापति रवि लामिछाने ले निर्देशन दिएका छन्।
रास्वपाले आगामी चुनावलाई लक्षित गर्दै संगठन सुदृढीकरण र रणनीतिक तयारीलाई तीव्र बनाएको संकेत यस बैठकबाट देखिएको छ।




