काठमाडौ , हिन्दु धर्ममा विवाहित महिलाहरूले पतिको दीर्घायु, सुख–समृद्धि र अखण्ड सौभाग्यको कामना गर्दै मनाउने वट सावित्री व्रत यस वर्ष २०२६ मे १६, शनिवार (जेठ २ गते २०८३) का दिन परेको छ। यस पटक विशेष रूपमा यही दिन शनि जयन्ती पनि परेकाले धार्मिक महत्व अझ बढेको मानिएको छ।

शुभ पूजा साइत बिहानको शुभ मुहूर्त : ०७:१२ देखि ०८:२४ बजेसम्म अभिजित मुहूर्त : ११:५० देखि १२:४५ बजेसम्म रहेको छ 

व्रतकाे धार्मिक मान्यता अनुसार माता सावित्रीले बरको रुखमुनि बसेर यमराजसँग आफ्नो पति सत्यवानको प्राण फिर्ता ल्याएकी थिइन्। त्यसैले यस दिन बर (वट) वृक्षको पूजा गर्ने परम्परा रहेको छ।

विहान उठि स्नान गरी सफा वस्त्र धारण गर्ने • सिन्दूर, चुरा, पोतेसहित श्रृंगार गर्ने • बरको रुखमा जल, दूध र अक्षता चढाउने • धागो बेर्दै परिक्रमा गर्ने • व्रत कथा सुन्ने वा पढ्ने • दान–दक्षिणा गर्ने

 शनि जयन्तीको विशेष संयोग 

यस वर्ष अमावस्याकै दिन शनि जयन्ती परेकाले शनिदेवको पूजा, तिल दान तथा तेल अर्पणलाई विशेष फलदायी मानिएको छ।

 विवाहित महिलाले श्रद्धा र विश्वासका साथ यो व्रत बसेर परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्छन्।