विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी विराटनगर महानगरपालिकाको प्रथम महाधिवेशनबाट कृष्ण निरौला सभापतिमा निर्वाचित भएका छन्।

निरौलासँगै अमर कटुवाल सचिवमा निर्वाचित भएका छन् भने विभिन्न पदमा नयाँ नेतृत्व चयन गरिएको छ। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरू चयन गरेको छ।

उनीहरूले विराटनगर महानगरपालिकामा रास्वपालाई अझ मजबुत, प्रभावशाली र जनविश्वासको केन्द्रका रूपमा स्थापित गर्न नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

प्रथम महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्वले आगामी दिनमा संगठन विस्तार, जनसम्पर्क अभिवृद्धि तथा स्थानीय मुद्दाहरूमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।