साइबर उजुरीपछि अभियन्ता वेदिका केसी पक्राउ
२०८३ श्रावण ७, बिहीबार १७:४९
काठमाडौं । सामाजिक सञ्जालमार्फत धार्मिक विषयमा सक्रिय रूपमा बोल्दै आएकी अभियन्ता वेदिका केसी लाई प्रहरीले पक्राउ गरेको छ। साइबर ब्युरोका अनुसार उनीमाथि विद्युतीय कसुरसम्बन्धी मुद्दा अन्तर्गत अनुसन्धान अघि बढाइएको छ।प्रहरीले बिहीबार उनलाई नियन्त्रणमा लिएको पुष्टि गर्दै अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रारम्भिक जानकारीअनुसार कथावाचिका राधिका दासी ले दिएको उजुरीका आधारमा प्रक्रिया अघि बढाइएको हो।धार्मिक क्षेत्रभित्रका विकृति र अनियमितता उजागर गर्ने अभियन्ताको रूपमा चिनिएकी वेदिका पछिल्ला महिनाहरूमा सामाजिक सञ्जालमा निकै चर्चामा थिइन्।
उनको पक्राउसँगै अभिव्यक्ति स्वतन्त्रता, साइबर कानुन र धार्मिक विषयमा सार्वजनिक बहस फेरि चर्किएको छ।हाल प्रहरीले घटनाको विस्तृत विवरण सार्वजनिक गरेको छैन भने अनुसन्धान जारी रहेको बताएको छ।




