चिकित्सकको विरोधमा आज देशभर स्वास्थ्य सेवा प्रभावित
२०८३ श्रावण १२, मंगलवार ११:१३
काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले आज देशभरका सरकारी, निजी तथा गैरसरकारी अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ।
वीरगन्जको नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र पर्साका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको दुर्व्यवहारको विरोधमा संघले आन्दोलन घोषणा गरेको हो।
संघले दोषीमाथि कानुनी कारबाही र स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्य वातावरणको माग गरेको छ।




