काठमाडौं विराटपाटी साउन १८, सोमबार बिहानैदेखि मुन्दडा समूहसँग सम्बन्धित घर तथा परिसरमा नेपाल प्रहरीले व्यापक खोजतलास सुरु गरेको छ। प्रहरी टोलीले घरलाई चारैतिरबाट घेराउ गर्दै अनुसन्धान अघि बढाएको छ भने सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै मेघराज शर्मा मार्गमा सर्वसाधारणको आवतजावतसमेत अस्थायी रूपमा रोकिएको छ।

प्रहरीले खोजतलास जारी रहेकाले घटनास्थल वरपर उच्च सुरक्षा व्यवस्था अपनाएको जनाएको छ। अनुसन्धानको कारण र खोजतलासको विस्तृत विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन।

यस घटनाबारे थप आधिकारिक जानकारी आउनेक्रम जारी रहेको प्रहरीले जनाएको छ।