धनुषामा निषेधाज्ञा हटाइयो, जनजीवन सामान्य बन्दै
२०८३ श्रावण १८, सोमबार ०९:२३
जनकपुरधाम, विराटपाटी साउन १८ — जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाभर लागू गरिएको निषेधाज्ञा सोमबार बिहान ५ बजेदेखि हटाएको छ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार आन्दोलनरत पक्षले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि जिल्लाको सुरक्षा अवस्था सुधारोन्मुख बनेको र जनजीवन क्रमशः सामान्य हुन थालेकाले निषेधाज्ञा हटाउने निर्णय गरिएको हो।
यससँगै धनुषाका सबै क्षेत्रमा आवतजावत, व्यापार व्यवसाय तथा दैनिक गतिविधि पूर्ववत् सञ्चालन हुने भएका छन्। प्रशासनले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ।




