काठमाडौँमा शनिबार पाँच केन्द्रबाट ग्यास वितरण, नागरिकता अनिवार्य
२०८३ श्रावण २९, शुक्रबार २३:१०
काठमाडौँ, २९ श्रावण। उपभोक्तालाई सहज रूपमा एलपी ग्यास उपलब्ध गराउन नेपाल आयल निगमले शनिबार काठमाडौँका पाँच स्थानबाट ग्यास बिक्री गर्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँसँगको समन्वयमा सञ्चालन हुने बिक्री केन्द्रहरूमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म विभिन्न ब्रान्डका ग्यास सिलिन्डर उपलब्ध हुने निगमले जनाएको छ।
ग्यास खरिद गर्न जाने उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ।
ग्यास पाइने पाँच स्थान र उपलब्ध ब्रान्डहरू:
- नेपाल आयल निगम, टेकु: नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल।
- यातायात कार्यालय परिसर, चाबहिल: नेपाल र एचपी।
- राधास्वामी परिसर, कीर्तिपुर: नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साइजवाला र ओम।
- राधास्वामी परिसर, बसुन्धरा: नेपाल, एचपी, एभरेस्ट/सुगम, भानु र ओम।
- पुरानो जिल्ला प्रशासन कार्यालय, बबरमहल: नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, हिमाल, क्त्ऋ, लोकप्रिय र सूर्य।
निगमका अनुसार एलपी ग्यासको आयात नियमित भइरहेको छ र उद्योगहरूले आफ्ना आधिकारिक विक्रेतामार्फत पनि बिक्री जारी राखेका छन्। त्यसैले उपभोक्तालाई अनावश्यक रूपमा लामो लाइनमा नबस्न तथा आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरिएको छ।




