रास्वपामा जिम्मेवारी हेरफेर, जगदीश प्रवक्ता बने
२०८३ भाद्र ५, शुक्रबार १८:३८
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीभित्र केही महत्वपूर्ण जिम्मेवारीमा हेरफेर गरेको छ।
सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश खरेललाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएका छन्। यसअघि सभापति लामिछानेका विश्वासपात्र मानिएका प्रमोद न्यौपानेलाई संगठन विभागको जिम्मेवारी दिइएको छ।
शुक्रबार गरिएको पदाधिकारी मनोनयनअनुसार डा. मनोहर प्रधानलाई कोषाध्यक्ष बनाइएको छ। यसअघि उक्त जिम्मेवारीमा लिमा अधिकारी थिइन्।
त्यस्तै, बसुमाया तामाङ सह-कोषाध्यक्षमै यथावत् रहेकी छन् भने जेन–जी प्रतिनिधि पुरुषोत्तम यादवलाई सहमहामन्त्रीको जिम्मेवारी दिइएको छ।
रास्वपाको पछिल्लो निर्णयलाई पार्टीको संगठनात्मक संरचना थप व्यवस्थित गर्ने प्रयासका रूपमा हेरिएको छ।




