सुनको मूल्यमा पुनः गिरावट, तोलामा १ हजार ७०० रुपैयाँ घट्यो
२०८३ आश्विन ६, मंगलवार १६:०५
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा छापावाल सुन प्रतितोला १ हजार ७०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँ मा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ३० रुपैयाँले घटेर ४ हजार ७७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।
सोमबार छापावाल सुन प्रतितोला ३ लाख ३ हजार ९०० रुपैयाँ तथा चाँदी ४ हजार ८०५ रुपैयाँ मा कारोबार भएको थियो।
यसअनुसार एकै दिनमा सुनको मूल्यमा १ हजार ७०० रुपैयाँ र चाँदीमा ३० रुपैयाँको गिरावट आएको हो।




