विराटनगर–११ कांग्रेस सभापतिमा भरत क्षेत्री निर्वाचित
२०८३ आश्विन १०, शनिबार २२:१६
विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विराटनगर महानगरपालिका–११ को वडा सभापतिमा भरत क्षेत्री (अधिकारी) निर्वाचित भएका छन्।
सभापति पदका लागि भएको निर्वाचनमा कुल २७० मत खसेको थियो। त्यसमध्ये ८ मत बदर भएपछि २६२ मत सदर भएको थियो। सदर मतमध्ये भरत क्षेत्रीले २०७ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी मदन बरालले ५५ मत पाए।
यससँगै क्षेत्री १५२ मतान्तरले वडा सभापतिमा निर्वाचित भएका हुन्।
वडा कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्य भने सर्वसम्मत चयन भएका छन्। उपसभापतिमा सन्तोष श्रेष्ठ र गीता आचार्य, सचिवमा राजेश मल्लिक तथा सहसचिवमा नरेश थापा चयन भएका छन्।
त्यस्तै, सदस्यमा देवनारायण साह, गणेश भगत, रञ्जीता राय, राधिका कार्की, अनुषा मण्डल, पूजा सिलवाल विक, देवेन्द्र साह रौनियार, रेशावती रिमाल, सिर्जना कार्की र दुर्गाकुमारी थापा चयन भएका छन्। नगर प्रतिनिधिमा राजु गुप्ता र संजीता रायमाझी चयन भएका छन्।
वडा अधिवेशनबाट विराटनगर–११ ले ७१ जना क्षेत्रीय प्रतिनिधि पनि चयन गरेको छ।
खुलातर्फ २४, महिलातर्फ १३, युवा खुलातर्फ ७, युवा महिलातर्फ १, पेशागततर्फ १, श्रमिकतर्फ १ र समानुपातिकतर्फ २४ जना चयन भएका छन्।
समानुपातिकतर्फ खस आर्य, मधेसी, दलित, आदिवासी जनजाति, मुस्लिम, थारू र अल्पसंख्यक समूहबाट प्रतिनिधि चयन भएका छन्।
वडा अधिवेशनबाट सभापतिसहित नयाँ नेतृत्व र ७१ जना क्षेत्रीय प्रतिनिधि चयन भएसँगै विराटनगर–११ कांग्रेसको आगामी क्षेत्रीय अधिवेशनका लागि महत्वपूर्ण प्रतिनिधित्वसहित अघि बढेको छ।




