चर्चित आजकाे अदालति वहसमा टीकापुर घटनामा दोषी ठहर भएर जन्मकैदको सजाय भोगिरहेका पूर्वसांसद रेशमलाल चौधरीलाई सर्वोच्च अदालतले मङ्गलवार यसअघि जिल्ला तथा उच्च अदालतले गरेको निर्णयलाई नै सदर गर्ने आदेश दियाे

आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले उक्त फैसला गरेका हुन्

“सीताराम चौधरी र गंगाराम चौधरीले आरोपित कसुरबाट सफाइ पाउनु भएको छ, लक्ष्मण थारुको हकमा केही निर्णय उल्टिएको छ। अन्य चाहीँ सदर भएको छ,” उक्त फैसलाबारे जानकारी दिँदै सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले भने।

न्यायाधीशद्वयको इजलासद्वारा जारी संक्षिप्त आदेशमा लेखिएको छ: “अन्य प्रतिवादीहरूको हकमा अभियोग दाबीबाट सफाइ पाउँ भन्ने निजहरूको पुनरावेदन जिकिर पुग्दैन।”