अमिताभ बच्चनका छाेरा अभिषेक राजनीतिमा प्रवेश
२०८० असार ३१, आईतवार २०:२७
भारतीय समाजमा बलिउडका पात्रहरूकाे राजनीति प्रवेशले पार्टीको ओज वढाउन प्राय प्रयोग गरिन्छ ।
हालैका दिनमा बलिउड अभिनेता अभिषेक बच्चन फिल्मसँगै राजनीतिमा प्रवेशले तरंगकाे काम गरिरहेका छ
अभिषेककाे राजनीतिक विषयलाई लिएर चर्चाले वजार तातेकाे छन्। भारतीय सञ्चारमाध्यम इटाइम्सका अनुसार उनी अखिलेश यादवको समाजवादी पार्टीमा प्रवेश गर्दैछन्।
उनी सन् २०२४ मा प्रयागराजबाट चुनाव लड्ने योजनामा छन्। तर अहिलेसम्म अभिषेक र समाजवादी पार्टीले राजनीतिमा प्रवेश बारे औपचारिक जानकारी दिएका छैनन्।
यसअघि अमिताभ बच्चनले सन् १९८४ मा लोकसभा चुनाव जितेका थिए। तर उनले ३ वर्षमै राजीनामा दिए।
अभिषेककी आमा जया बच्चन पनि लामो समयदेखि समाजवादी पार्टीमा सक्रिय छिन्। जया २००५/२००६ मा सांसद भएकी थिइन्। त्यसपछि सन् २०१८ मा उनी राज्यसभा सदस्य भइन्।




