नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गरिएको छ

काठमाण्डौको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा वुधबार आयोजित कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा यादवमाथि खुकुरी आक्रमण गरिएको हाे

खुकुरी प्रहारबाट घाइते यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

खुकुरी प्रहार गर्ने नुवाकोटका श्याम सापकोटालाई प्रहरीले पक्राउ गरेको छ। घट्नाबारे थप आवश्यक अनुसन्धान भइरहेको छ।