नेपाली चेलीले मेनुका पौडेलले इन्डियन आइडलमा प्रतिस्पर्धा गर्दागर्दै फिल्म सलारमा गाउने मौका पाएको गीत ‘सुरज हि छावँ बनके’ सार्वजनिक भएको एकै दिनमा नवौँ नम्बरको ट्रेन्डिङमा चढ्न सफल भएको छ ।

उक्त फिल्मकाे रिलिज मिति सार्वजनिक भइसकेपछि  टिमले नेपाली गायिका मेनुकालाई गीत गाउने मौका दिएका थिए।

निर्माणपक्षले गीतको लिरिकल अडियो सार्वजनिक गर्दा एक दिनमा २३ लाख पटक सुनिसकिएको छ। प्रशान्त निलले निर्देशन गरेको फिल्ममा प्रभास मुख्य भूमिकामा छन्। मेनुकाको स्वर निकै सुमधुर सुनिएको छ।

इन्डियन आइडलमा सहभागी रहेको मेनुकाले स्याड फ्लेवरका गीत गाएर प्रशंसकहरू कमाइरहेकी छिन्। सलारमा पनि उनले आफ्नै फ्लेवरको गीत गाउन पाएकी हुन्। हिन्दी फिल्ममा उनको यो डेब्यु गीत हो। जसरी उनले इन्डियन आइडलमा प्रशंसा पाइरहेकी छिन् त्यसले बलिउडमा उदीतनारायणपछि मेनुका जम्ने सम्भावना बलियो रहेको छ