अमेरिकाको मंसिर ७ आइतबार , वाशिङ्टन डी.सी. मा आयोजित यूएस–साउदी इन्भेस्टमेन्ट फोरममा टेक उद्यमी एलोन मस्कले आगामी एक-दुई दशकमा विश्वको श्रम संरचना र आर्थिक प्रणाली पुरै रूपान्तरण हुने भविष्यवाणी गरेका छन्। 

एनभिडिया कम्पनीका सीईओ जेनसन हुयाङलगायत शीर्ष प्रविधि नेताहरूको उपस्थितिमा मस्कले भविष्यको संसारलाई “काम वैकल्पिक हुने र पैसा अर्थहीन बन्ने” मोडतर्फ अघि बढ्दैछ भने।

मस्कका अनुसार कृत्रिम बुद्धिमत्ता (एआई) र ह्युमनॉइड रोबोटहरूको द्रुत विकासले समाजका अधिकांश कामकाज मेशिनले गर्नेछन्। “मेरो भविष्यवाणी छ— काम अब खेलजस्तै हुनेछ। खेल खेल्न जस्तो मजा लिन चाहियो भने मात्र काम गर्ने अवस्था आउँछ,” उनले भने।

उत्पादन, सेवा र श्रमका सबै क्षेत्र स्वचालित बन्दै गएपछि मानवीय श्रमको आवश्यकता नगण्य हुने र त्यसपछि मुद्रा प्रणालीकै अर्थ हराउने मस्कको दाबी छ। “एकबेला पैसा नै अप्रासंगिक हुन्छ,” भन्दै उनले लेखक इयान एम. बैंकको Culture Series मा चित्रण गरिएको post-scarcity society को उदाहरण दिए।

यद्यपि मस्कको यो भविष्यचित्र आशावादी देखिए पनि समीक्षकहरूका अनुसार उनले यस्तो परिवर्तन कसरी सम्भव हुन्छ भन्ने स्पष्ट मार्गचित्र भने नदिएको आलोचना छन्।

विशेषज्ञहरूका प्रश्न—अत्यावश्यक सेवा कसरी चल्छन्?असमानता कसरी घटाइन्छ?रोजगार–आधारित अर्थतन्त्रबाट स्वतः–सञ्चालित समाजमा संक्रमण कसरी हुन्छ?

यी विषयमा मस्कले सामान्य संकेत मात्र दिएका छन्। उनका अनुसार यस्तो भविष्य पाउनका लागि “अर्काे दशकमा धेरै काम गर्नुपर्ने” स्थिति छ।

सारांशमा, मस्कले काम वैकल्पिक हुने र पैसा अप्रासंगिक बन्ने दाबी दोहोर्याए पनि यो अहिलेका लागि धेरैजसो अड्कलबाजी (speculative projection) मात्र हो। तर उनले चित्रित गरेको प्रविधिमूलक भविष्यले विश्वभर नयाँ बहस भने सुरु गरिदिएको छ।