इनरुवा, मङ्सिर १६ मंगलबार  – सुनसरीको इनरुवा–कप्ताङगञ्ज सडक २२.६६ किलोमिटर निर्माणको ठेक्का गौरीपार्वती–देव एण्ड सायर–भूमि जेभीसँग तोडिएको छ।

सडक विभाग अन्तर्गत हुलाकी राजमार्ग निर्देशनालयले सार्वजनिक सूचना जारी गर्दै ठेकेदारले समयमै काम नगरेकोठेक्का सम्झौताको प्रतिबद्धता पूरा नगरेको कारण सम्झौता रद्द गरिएको जनाएको छ। ठेक्का २०७८ माघमा ५२ करोड ७० लाख रुपैयाँमा सम्झौतावद्ध भएको थियो।

निर्माण प्रगति करिब १८ प्रतिशतमात्र रहेको र पटक–पटक ताकेता गर्दा पनि काम स्थगित भएकाले धरौटी जफत गरिने, बाँकी रकम असुल गरिने र ठेकेदारलाई कालोसूचीमा राख्न सिफारिस गरिएको छ।