यूएन मिसनमा नेपाली सेनाका रथी श्रेष्ठको नेतृत्व
२०८२ मंसिर १८, बिहीबार १२:४०
काठमाडौं मंसिर १८ बिहीबार ,संयुक्त राष्ट्रसंघको अबेई मिसनमा फोर्स कमान्डरको जिम्मेवारी नेपाली सेनाका बालाध्यक्ष रथी गणेशकुमार श्रेष्ठले सम्हाल्ने भएका छन्।
महासचिव एन्टोनियो गुटेरेसले घानाका मेजर जनरल रोबर्ट याव अफ्रामको कार्यकाल पूरा भएपछि श्रेष्ठलाई नयाँ फोर्स कमान्डरको रूपमा नियुक्त गरेका हुन्।
३६ वर्ष लामो सैनिक सेवामा विभिन्न महत्वपूर्ण नेतृत्व भूमिकामा रहेर अनुभव कमाएका श्रेष्ठ अहिले दक्षिण सुडानको सेक्टर–पूर्वका सेक्टर कमान्डरका रूपमा कार्यरत छन्। उनले सुदूरपश्चिम पृतनापति तथा रम्भार रथीजस्ता प्रमुख पद सँभालीसकेका छन्।




