काठमाडौं मंसिर १८ बिहीबार ,भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले नेपाल–भारतबीच नोट ल्याने–लैजाने नियम संशोधन गरेको छ। 

आरबीआईले विदेशी विनिमय व्यवस्थापन नियमावली २०१५ मा नयाँ प्रावधान समावेश गर्दै अब १ सयभन्दा ठूला दरका नोट पनि सीमित परिमाणमा सीमा पार गर्न सकिने व्यवस्था गरेको हो।

नयाँ प्रावधानअनुसार १ सय भारुसम्मका नोट भारत भित्र्याउन वा नेपाल ल्याउन कुनै सीमा तोकिएको छैन। तर, रु १०० भन्दा माथिका नोटहरू (₹२००, ₹५००, ₹२०००) का हकमा अधिकतम ₹२५ हजार सम्म मात्र लैजान वा ल्याउन अनुमति दिइने आरबीआईले स्पष्ट गरेको छ।

यसअघि उच्च अंकका नोट सीमा पार गर्ने विषयमा कडाई गरिएको थियो। संशोधित नियमसँगै दोहोरो व्यापार, पर्यटन र यात्रु आवागमनमा सहजता आउने अपेक्षा गरिएको छ।