पोखराकाे जित, चितवन ८ विकेटले पराजित
२०८२ मंसिर २०, शनिबार २१:२९
काठमाडौं, मंसिर २० शनिबार नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले चितवन राइनोजलाई ८ विकेटले पराजित भएको छ
चितवनले दिएको १२१ रनको लक्ष्य पोखराले १९.४ ओभरमा २ विकेटको मात्र क्षतिमा पूरा गर्यो। पोखराका आडन रोसिङटनले ४८ बलमा ६५ रनको उत्कृष्ट इनिङ खेले। उनले ४ चौका र ५ छक्का प्रहार गरे। त्यस्तै, अर्जुन साउदले ५३ बलमा अविजित ४३ रन जोड्दै जितमा अगाडि वढ्याे ।
बलिङतर्फ चितवनका रिजन ढकाल र सैफ जैबले एक–एक विकेट लिए।
यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १२० रनको योगफल तयार पारेको थियो। टोलीका देव खनालले ४१ बलमा ३५ रन प्रहार गरे भने अल्पेस रमजानीले २२ बलमा ३३ रनको योगदान दिए। कुशल मल्लले २३ बलमा २३ रन जोडे।
बलिङतर्फ पोखराका धनञ्जय लक्षनले सर्वाधिक ३ विकेट हात पारे। किरण ठगुन्ना, रोहित चन्द र विपिन खत्रीले समान १–१ विकेट लिए।
पोखराको यो प्रदर्शनसँगै टोलीले प्लेअफ सम्भावना अझ बलियो हुने देखिन्छ ।




