नयाँ दिल्ली मंसिर २० शनिबार ,भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हैदरावाद हाउसमा सम्पन्न शिष्टाचार भेटले दुई राष्ट्रबीचको दीगो मित्रता पुनः पुष्टि गरेको छ। २३औँ भारत–रूस वार्षिक शिखर सम्मेलनको मूल आकर्षण रहेको यस वार्ताले रक्षा, आणविक उर्जा, व्यापार, नवीन प्रविधि र उर्जा सुरक्षामा सहकार्यलाई थप तीव्र बनाउने सहमति व्यक्त गरेको छ।

सन् २०३० सम्म दुई देशबीचको व्यापार १०० अर्ब अमेरिकी डलरमा पुर्‍याउने सामूहिक लक्ष्य प्रस्तुत गरिएको छ। यता, युक्रेन युद्धबारे बोल्दै प्रधानमन्त्री मोदीले भारत शान्ति स्थापनाको पक्षधर रहेको र यथास्थितिमा आफ्नो सन्तुलित कूटनीतिक भूमिका कायम रहने बताएका छन्।

वार्ताको समापनसँगै विशेष तथा विशेषाधिकारयुक्त रणनीतिक साझेदारीलाई आगामी दशकमा नयाँ दिशातर्फ उन्मुख गराउने उद्देश्यले दर्जनौँ सम्झौता आदानप्रदान भएका छन्।