काठमाडौं, मंसिर २१, आइतबार,आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन अब ८८ दिन मात्र बाँकी रहँदा निर्वाचन आयोगले आवश्यक प्रक्रिया तीव्र बनाएको छ। आयोगले आज समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलहरूबाट आवेदन बुझ्ने कार्यक्रम सञ्चालन गर्दैछ।

समय : बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मसूची प्रकाशन : मंसिर २४ गते, समानुपातिकतर्फ आवेदन दर्ता गराएका दलहरूको नाम सार्वजनिक हुनेछ।

यसपछि, समानुपातिक प्रणालीका लागि दलहरूले पुस १३–१४ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्नुपर्नेछ। बन्दसूचीको अन्तिम प्रकाशन भने माघ ३० गते नियत गरिएको छ।

प्रतिनिधिसभाका कुल २७५ सदसभन्दा ११० जना समानुपातिक प्रणालीबाट चयन हुने व्यवस्था छ।
प्रत्यक्षतर्फको कार्यक्रमअनुसार माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता र नामावली प्रकाशन हुनेछ।

माघ ७ गते उजुरी पेश गर्ने समय,माघ ८ गते नामावली प्रकाशन,माघ ९ गते नाम फिर्ता गर्ने अन्तिम दिन र सोही दिनबाट अन्तिम सूची सार्वजनिक गर्दै चुनाव चिन्ह वितरण हुनेछ।

निर्वाचन नजिकिँदै जाँदा दलहरूले आफ्नो आन्तरिक तयारीलाई तीव्र बनाएका छन् भने आयोगले चरणबद्ध कार्यक्रमअनुसार सम्पूर्ण प्रकृया अगाडि बढाइरहेको छ।