धनकुटा मङ्सिर २१आइतबार , पूर्वी पहाडी जिल्लाका सुन्तलाले वर्षको मुख्य सिजन सुरु हुन नपाउँदै बजारमा रङ भर्न थालेका छन्। धरान–१३ कृषि थोक बजारको तथ्याङ्क अनुसार मङ्सिर १५ सम्ममै १५०० मेट्रिक टन सुन्तला बिक्री भई करिब १६ करोड ५० लाख रुपैयाँको कारोबार नाघिसकेको छ।

सुन्तलाको पुस–माघलाई मुख्य सिजन मानिए पनि यसपालि पूर्ण पहेँलो नपुगेका फलले नै बजारमा उल्लेख्य आय हासिल गर्न थालेका छन्।
गत वर्ष यस्तै समयसम्म ५६५० मेट्रिक टनको सुन्तला बजारमा आएर ६२ करोडभन्दा बढीको कारोबार भएको थियो।

व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार यस वर्ष सुरुमा नै उच्च मात्रामा सुन्तला भित्रिन थालेको र कुल उत्पादन २० प्रतिशतले बढ्ने अनुमान गरिएको छ।
भोजपुर, सङ्खुवासभा, पाँचथर, तेह्रथुम, ताप्लेजुङ र खोटाङको सुन्तला धरान हुँदै विराटनगर, इटहरी, बिर्तामोड, उर्लाबारी, जनकपुर, लहानलगायतका बजार पुगेको छ।

थोक व्यापारीहरूको भनाइमा,“पुस–माघमा स्वाद र गुणस्तर दुवै उत्कर्षमा पुग्ने भएकाले बजार अझै गुलजार हुनेछ।”

जहाँ पूर्वका अधिकांश ठाउँमा उत्पादन विस्तारको आशा छ, धनकुटाका किसान भने जरा-किरा फैलिँदै बगैँचा सुनसान भएको बताइरहेका छन्। रोगले बोटको पोषण सोसिरहेकाले धेरै बगैँचामा फल नलाग्ने र लागेको पनि सुक्ने समस्या देखिएको छ। किसान हरि राई : अघिल्लो वर्षभन्दा २० प्रतिशतमा झरेको उत्पादन

किसान विकास राई : बोट पहेँलो, फुलै नलाग्ने, उत्पादन आधाभन्दा कम ,किसान धर्मेन्द्र बहादुर राई : १० लाखको बिक्री झरेर ३ लाखमा सीमितकिसानहरूका गुनासो अनुसार,
“औषधि छर्कँदा पनि असर नगर्ने, प्राविधिक सहयोग पाउन कठिन, रोग नियन्त्रणमा सरकारी अभियान कमजोर।”

थोक व्यापारी टिकाराम श्रेष्ठको भनाइमा,
“उत्पादनलाई निरन्तर विस्तार गर्न सके विदेशी फलको आयात घट्ने र स्थानीय सुन्तलाको बजार बलियो बन्नेछ।”

कृषि प्राविधिकहरूले रोग नियन्त्रणका लागि जैविक रासायनिक दुवै विधि समयमै प्रयोग गर्नुपर्ने सुझाव दिएका छन्। किसान भने तत्काल राहत, प्राविधिक सेवा र प्रभावकारी कार्यक्रमको अपेक्षामा छन्।

बजारमा समयभन्दा अगाडि सुन्तलाको बम्पर कारोबारपूर्वका अधिकांश जिल्लामा उत्पादन विस्तार धनकुटामा रोग–किराले बगैँचा रित्तिँदै किसानको आम्दानीमा सीधा असरसुन्तलाको सुगन्धले बजार त भरिँदै छ, तर धनकुटाका बगैँचाले उपचार र ध्यान दुवै मागिरहेका छन्।