राजदूत श्रीवास्तव अचानक अचेत
२०८२ मंसिर २७, शनिबार १७:५७
काठमाडौं मंसिर २७ शनिबार, राजधानीको चम्पादेवी क्षेत्रमा हाइकिङका लागि पुगेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव अचानक अचेत भएका छन्।
भारतीय दूतावासका उच्च स्रोतका अनुसार हाइकिङका क्रममा उनी एक्कासि ढलेपछि तत्काल उद्धार प्रक्रिया अघि बढाइएको हो। हाल उनलाई हेलिकोप्टरमार्फत् काठमाडौंस्थित एक अस्पतालमा ल्याइँदै गरिएको जनाइएको छ।
राजदूत श्रीवास्तव अचेत हुनुको कारणबारे हालसम्म आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।




