काठमाडौं मंसिर २७ शनिबार , नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। अलराउन्ड प्रदर्शनमार्फत टोलीलाई च्याम्पियन बनाएका रोहितले ओमोडा–जाइको जे–५ कार पुरस्कारस्वरूप पाए।

१० खेलमा २६७ रन१० विकेट लिएका रोहित नेपालबाट सर्वाधिक रन बनाउने ब्याटरसमेत बनेर पल्सर मोटरसाइकलका हकदार बने।

लुम्बिनी लायन्सकै शेर मल्ल उदीयमान खेलाडी घोषित हुँदै पल्सर मोटरसाइकल पाए। प्रतियोगिताका उत्कृष्ट बलर बनेका विराटनगरका कप्तान सन्दीप लामिछाने ले पनि पल्सर मोटरसाइकल प्राप्त गरे।

रेडबुलद्वारा प्रदान गरिएको ‘इनरजेटिक प्लेयर अफ दी टुर्नामेन्ट’ अवार्ड सुदूरपश्चिमका अभिनाश बोहरा ले जित्दै २ लाख रुपैयाँ नगद हात पारे।

फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै उपाधि उचालेको हो।