रानी–विराटनगर सडकमा हुण्डीको आशंका, ६ लाखसहित एक जना पक्राउ
२०८२ पुष १३, आईतवार १८:४४
विराटनगर पुस १३ ,विराटनगर–१५ स्थित रानी–विराटनगर सडक खण्डमा प्रहरीले स्रोत नखुलेको ६ लाख रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
आइतबार बिहान करिब ११:३० बजे भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नं. १–०४–००१ च ०१६४ नम्बरको सेतो कारलाई विशेष सूचनाका आधारमा रोकी जाँच गर्दा उक्त रकम फेला परेको हो।
प्रहरीले हुण्डी कारोबारको आशंकामा कारसहित व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।




