सुन मूल्यमा करिब आठ हजारको भारी गिरावट
२०८२ पुष १५, मंगलवार ११:००
काठमाडौं पुस १५ ,नेपाली बजारमा मंगलबार सुनको मूल्य एकाएक ओरालो लागेको छ। एकैदिन सुनको भाउ तोलामा ७ हजार ९०० रुपैयाँले घट्दै नयाँ मूल्य कायम भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी तोलामा ३०५ रुपैयाँले घटेर ३ हजार ९३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण स्थानीय बजारमा सुन–चाँदीको मूल्यमा उतारचढाव देखिएको व्यवसायीहरू बताउँछन्।




