काठमाडौं पुस १८ , काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सामाजिक सञ्जाल फेसबुकमार्फत अप्रत्याशित राजनीतिक संकेत दिएका छन्। बालेनले फेसबुक स्टाटस राख्दै ‘अबको यात्रा महोत्तरी–३ बाट’ भन्ने उल्लेख गरेका हुन्।

उनको यो स्टाटस सार्वजनिक भएसँगै राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी सुरु भएको छ। यसलाई आगामी निर्वाचन वा नयाँ राजनीतिक भूमिकातर्फको संकेतका रूपमा हेरिएको छ। तर बालेनले यसबारे थप स्पष्टता दिएका छैनन्।

बालेनको स्टाटसपछि समर्थकहरू उत्साहित देखिएका छन् भने आलोचकहरूले यसको उद्देश्यबारे प्रश्न उठाइरहेका छन्। महोत्तरी–३ क्षेत्रलाई उनले किन रोजे भन्ने विषयमा पनि चासो बढेको छ।