मुम्बई पुस १८ ,भारतीय सूचना तथा प्रसारण मन्त्रालयले फिल्म ‘धुरन्धर’ मा संशोधन गर्न निर्देशन दिएको छ।
सरकारले केही संवादका शब्दहरू म्यूट गर्न आदेश दिएको हो, जसअन्तर्गत ‘बलूच’ शब्द हटाउन भनिएको छ।

रणवीर सिंह अभिनीत ‘धुरन्धर’ अब सम्पादन गरिएको संस्करणसहित सन् २०२६ जनवरी १ देखि पुनः सिनेमा हलहरूमा प्रदर्शन हुने भएको छ।

फिल्मले प्रदर्शनको २७ दिनमै विश्वभरबाट ११२८ करोड रुपैयाँको व्यापार गरिसकेको छ।