विज्ञान र नवप्रवर्तनलाई संस्थागत गर्न दुई अध्यादेश जारी
२०८३ आश्विन ३०, शुक्रबार १८:४०
काठमाडौं । विज्ञान, प्रविधि र नवप्रवर्तनको विकासलाई संस्थागत गर्ने उद्देश्यसहित सरकारले अघि सारेका दुई अध्यादेश राष्ट्रपतिबाट जारी भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा शुक्रबार ‘नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, २०८३’ र ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३’ जारी गरेका हुन्।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता धर्मराज गैरेका अनुसार दुवै अध्यादेश असोज ३० गते जारी गरिएका हुन्।




