काठमाडौं पुस २२, नेपाल मेडिकल काउन्सिलमा नवनिर्वाचित पदाधिकारीहरूले मंगलबारदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका छन्। हालै सम्पन्न निर्वाचनबाट निर्वाचित उपाध्यक्षसहित ८ जना सदस्यले जिम्मेवारी ग्रहण गर्दै काउन्सिलको नयाँ कार्यकाल सुरु गरेका हुन्।

निर्वाचनमार्फत उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा निर्वाचित भएका थिए। यस्तै, सदस्यका रूपमा डा. छविलाल पन्थी, डा. सारिका गोइत, डा. दिपेन्द्र पाण्डे, डा. योविन यादव, डा. अस्मिता पोख्रेल, डा. सम्राट पराजुली, डा. रविन बस्नेत र डा. नीना राई निर्वाचित भएका छन्।

नयाँ नेतृत्वले चिकित्सा पेशाको मर्यादा, नियमन र गुणस्तर सुदृढ बनाउने अपेक्षा गरिएको छ।