ट्वान्टी–२० विश्वकपमा नेपाल: युवा जोश र अनुभवी
२०८२ पुष २२, मंगलवार २०:३९
काठमाडौं पुस २२, नेपाली क्रिकेट फेरि एकपटक विश्वमञ्चमा आफ्नो पहिचान मजबुत बनाउने तयारीमा छ। क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले आईसीसी पुरुष ट्वान्टी–२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय टोली सार्वजनिक गरेको छ।
टोलीको नेतृत्व युवा कप्तान रोहित पौडेल ले गर्नेछन् भने अनुभवी अलराउन्डर दीपेन्द्रसिंह ऐरी उपकप्तानको भूमिकामा रहनेछन्। भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म सञ्चालन हुनेछ
यसपटकको टोलीमा अनुभव र युवाशक्तिको सन्तुलित संयोजन देखिन्छ। ब्याटिङमा आक्रामक सोच, बलिङमा विविधता र फिल्डिङमा ऊर्जा—टोली चयनले नेपालले आक्रामक क्रिकेट खेल्ने स्पष्ट संकेत गरेको छ।
सन्दीप लामिछाने जस्ता अनुभवी स्पिनरदेखि कुशल भुर्तेल, आसिफ शेख र कुशल मल्ल जस्ता विस्फोटक ब्याटरहरूले टोलीलाई गहिराइ दिएका छन्। त्यस्तै, सोमपाल कामी, करण केसी र ललित राजवंशी ले बलिङ आक्रमणलाई धारिलो बनाउने अपेक्षा गरिएको छ।
समूह चरणमै बलिया राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती भए पनि नेपाली टोलीले यसलाई अवसरका रूपमा लिएको छ। सीमित ओभरको क्रिकेटमा कुनै पनि टोलीलाई चकित पार्ने क्षमता नेपालसँग रहेको विश्वास क्रिकेट वृत्तमा बढ्दो छ।
रोहित पौडेल (कप्तान)
दीपेन्द्रसिंह ऐरी (उपकप्तान)
सन्दीप लामिछाने
कुशल भुर्तेल
आसिफ शेख
कुशल मल्ल
सुन्दीप जोरा
आरिफ शेख
बशीर अहमद
सोमपाल कामी
करण केसी
नन्दन यादव
गुल्शन झा
ललित राजवंशी
शेर मल्ला
लोकेश बम
विश्वकप नेपाली क्रिकेटका लागि केवल प्रतियोगिता होइन, अन्तर्राष्ट्रिय स्तरमा आफूलाई स्थापित गर्ने अर्को महत्वपूर्ण अवसर पनि हो।




