काठमाडौँ,पुस २५ , सिक्किमका मुख्यमन्त्री श्री प्रेम सिंह गोले नेपालस्थित पवित्र पशुपतिनाथ मन्दिरमा दर्शन गर्दै पूजा–अर्चना गरेका छन्। उनले सिक्किमवासीको शान्ति, स्वास्थ्य, समृद्धि र समग्र कल्याणको कामना गर्दै दिव्य आशीर्वाद प्रार्थना गरेका हुन्।

आध्यात्मिक रूपमा अर्थपूर्ण यस अवसरमा मुख्यमन्त्री गोलयले मन्दिर परिसरमा पवित्र पारिजातको बिरुवा रोपण गरेका छन्। उक्त कदमलाई आस्था, नवचेतना र वातावरण संरक्षणप्रतिको प्रतिबद्धताको प्रतीकका रूपमा लिइएको छ।

दर्शनपछि उनले पशुपतिनाथ क्षेत्रको शान्त र शक्तिशाली आध्यात्मिक वातावरणले आफूलाई ऊर्जा र मानसिक शान्ति प्रदान गरेको बताए। साथै, आध्यात्मिक धरोहरको संरक्षणसँगै प्रकृतिसँग सन्तुलित सम्बन्ध आवश्यक रहेकोमा उनले जोड दिए।

भ्रमण सफल बनाउन सहयोग पुर्‍याउने सम्बन्धित निकाय र व्यक्तिहरूप्रति मुख्यमन्त्री गोले आभार व्यक्त गरेका छन्।