सरोज चम्किँदा नेपालले श्रीलङ्का पराजित
२०८२ माघ २, शुक्रबार १७:२३साफ फुट्सलमा नेपालको सुखद सुरुआत

काठमाडौँ, माघ २ शुक्रबार , साफ फुट्सल च्याम्पियनसिपअन्तर्गत पुरुष प्रतियोगितामा नेपालले श्रीलङ्कालाई २–१ ले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको छ।
थाइल्याण्डमा शुक्रबार सम्पन्न खेलमा नेपालका सरोज तामाङ निर्णायक बने। खेलको १५औँ मिनेटमा बराबरी गोल फर्काएका सरोजले २१औँ मिनेटमा दोस्रो गोल गर्दै नेपाललाई अग्रतासहित जित दिलाए।
यसअघि श्रीलङ्काले मोहम्मद साजनको गोलमार्फत खेलमा सुरुआती अग्रता लिएको थियो। तर त्यसपछि नेपालले खेल नियन्त्रणमा लिँदै नतिजा आफ्नो पक्षमा पार्यो।
खेलपछि सरोज तामाङले टोलीको प्रदर्शन सन्तोषजनक रहेको बताउँदै आगामी खेलहरूमा पनि समर्थकको साथ आवश्यक रहेको प्रतिक्रिया दिए।
महिलातर्फ नेपालले हालसम्म दुई खेल खेलिसकेको छ। श्रीलङ्कासँग बराबरी खेलेको नेपाली टोलीले बिहीबार माल्दिभ्सलाई पराजित गरेको थियो।




