एमालेले मोरङ–५ र ६ का उम्मेदवार टुंग्यायो
२०८२ माघ ४, आईतवार २०:१४
विराटनगर माघ ०४ आइतबार, नेकपा एमालेले मोरङ–५ र मोरङ–६ का लागि उम्मेदवार टुंगो लगाएको छ। लामो समयदेखि बाँकी रहेका यी दुई निर्वाचन क्षेत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अन्ततः निर्णय भएको हो।
एमाले स्रोतका अनुसार मोरङ–६ बाट विनोद ढकाललाई उम्मेदवार बनाउने निर्णय गरिएको छ। केन्द्रीय समितिका पदाधिकारीहरूको आग्रह र क्षेत्रीय समीकरणलाई मध्यनजर गर्दै ढकाललाई अघि सारिएको जनाइएको छ।
यसैगरी मोरङ–५ बाट मनोज अग्रवाललाई उम्मेदवार बनाइएको छ। अग्रवाल एमालेभित्र मारवाडी समुदायको प्रतिनिधित्व गर्दै आएका नेता हुन्। सामाजिक तथा व्यावसायिक क्षेत्रमा उनको सक्रियता रहेको भन्दै पार्टीले निर्वाचनमा प्रभावकारी भूमिका खेल्ने विश्वास गरेको छ।
एमालेले उम्मेदवार टुंग्याएसँगै मोरङमा चुनावी गतिविधि थप तातेको छ।




